११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


स्तरोन्नतिमै १७ करोड खर्च, हालत उस्तै


0
Shares

कुल एक सय ९५ किलोमिटर लामो सडकखण्डमा धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ । पहिरोको कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ ।

यो राजमार्गको ट्रयाक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्क साथ यात्रा गर्ने बाटो बनेको छैन ।

दुई वर्षअघि हस्तान्तरण गरेको नाग्म गमगडी सडकखण्ड र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि हालसम्म १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

विश्व बैंकको सहयोगमा एक अर्ब २० करोड रुपैयाँ खर्च गरी ट्रयाक खुलेको कर्णाली राजमार्गको स्तरोन्नतिका लागि माघदेखि हालसम्म दुई करोड रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ । ९३ किलोमिटरको नाग्म गमगडी सडकखण्डको स्तरोन्नतिका लागि दुई वर्षको अवधिमा १५ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट