Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


रुदीखोलामा यात्रीबस खस्यो, दुईजनाको मृत्यु, एकलाई खोलाले बगायो


0
Shares

मृतकको सनाखत भइसकेको छैन । खोलाले बगाएको व्यक्तिको अवस्था अज्ञात छ ।

पोखराबाट लमजुङको बालुवाबेसी आउँदै गरेको ना५ख ६३९५ नम्बरको बस रुदीखोलाको पुलबाट खसेको हो । बिहीबार दिउँसो १ बजेतिर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । अरु २० जना सामान्य घाइते रहेका प्रहरीले जनाएको छ ।

घाइतेको पोखराको तालबेसी र लमजुङको भोर्लेटारबाट गएको प्रहरी, स्थानीय मिलेर उद्धार गरिएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।