आयोगका सचिव वेद भट्टराईले बिहीबार विज्ञप्ति प्रकाशन गरी स्वास्थ्य उपभोक्ता अधिकारकै विषयलाई लिएर चिकित्साशिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशन बसेका प्रा. डा. केसीको जीवनरक्षाका लागि आवश्यक पहल गर्न र उनीसँग नेपाल सरकारले गरेका सम्पूर्ण सम्झौताको पूर्णरुपमा कार्यान्वयन गर्नका लागि तत्कालै प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।
प्रा. डा. केसी यही साउन ९ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशन बसेका छन् ।
लगातारको अनशनले उनको स्वास्थ्य बिग्रँदै गइरहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्