Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


तीन दिनभित्र पानीको चुहावट नियन्त्रण गर्न निर्देशन


0
Shares

कार्यालयमा बिहीबार (आज) भएको सडकसँग सम्बन्धित समन्वय संयन्त्रको बैठकले लिमिटेडलाई पानीको चुहावट नियन्त्रण गरी सडकमा पोखरी बन्ने क्रम रोक्न र ढल निकास विभाग एवं सडक विभागअन्तर्गतका निकायलाई सहयोग गर्न निर्देशन दिएको कार्यालयका आर्थिक तथा पूर्वाधार महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए ।

बैठकमा सडक विभाग, खानेपानी तथा ढल निकास विभाग र लिमिटेडका अधिकारीको सहभागिता थियो । बैठक कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा बसेको थियो ।

सडकको खाल्डामा परी एकछात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डा पुर्न सरोकार निकायलाई निर्देशन दिएका थिए । रासस