Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा


0
Shares

प्रतिष्ठानमा लामो समयदेखि भएको आर्थिक अनियमितताका विषयमा परेको पछिल्लो उजुरीका आधारमा अनुसन्धान गरिरहेको आयोगले प्रतिष्ठानमा निर्माण गर्न लागिएको अर्बुद तथा मुटु उपचारसम्बन्धी भवनका लागि परार्मशदाता नियुक्ति तथा एमआरआई मेसिन खरिद प्रक्रियामा करोडौंको आर्थिक हिनामिना भएका आशंकामा छापा मारेको हो ।

प्रहरी नायब निरीक्षक रमेश बस्नेत नेतृत्वको टोलीले छापा मारेको आयोग क्षेत्रीय कार्यालयले जनाएको छ ।

एमआरआई मेसिन खरिदसम्बन्धमा बोलपत्र आह्वान गरिएपनि फिलिप्स कम्पनीकोमात्र बोलपत्र परेको भन्दै रु १२ करोडमा पाइने १ दशमलव ५ टोस्ला मेसिन रु १६ करोडमा खरिद गर्ने गरी प्रक्रिया अघि बढाइएका विषयमा कागजात नियन्त्रणमा लिइएको बुझिएको छ ।

आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख प्रेमप्रसाद भट्टराईले प्रतिष्ठानमा भौतिक पूर्वाधार निर्माण उपकरण खरिदलगायत विषयमा आर्थिक अनियमितता भएका सम्बन्धमा बारम्बार उजुरी पर्नेगरेको र विगतका सन्चालकलेसमेत यस प्रकारका आर्थिक अपचलन गर्दै आएको विषयमा पटक–पटक अनुसन्धान हुँदै आएको बताए ।

प्रतिष्ठानका सहायक रजिष्ट्रार अमित श्रीवास्तवले टोलीले मागेका हरेक कागजात प्रतिष्ठानले देखाएको र उसले आवश्यक कागजात लिएर गएको बताए । रासस