Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


काठमाडौंका क्याम्पसहरु अगाडी सरकार विरुद्ध प्रदर्शन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध आज काठमाडौंका क्याम्पसहरु अगाडी विरोध प्रदर्शन गरेका छ ।

संसदबाट चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित गरिएको र काँग्रेसका नेताहरुको नाममा रहेका अस्पताल बन्द गराउन खोजिएको भन्दै नेविसंघ विरोधमा उत्रिएको हो । 

चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने भन्दै उनीहरुले सरकारले संसदीय व्यवस्थामाथिनै धावा वोल्न थालेको आरोप लगाएका छन् ।

निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि उनीहरुले माग गरेका छन् ।

सरकारले मुलुकमा कम्युनिष्ट सर्वसत्तावाद लाद्न खोजेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।