Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सहचालकले गाडी चलाउँदा वृद्धाको ज्यान गयो


0
Shares

जगतपुरबाट काठमाडौं जान लागेको ग१ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका–२३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

काठमाडौं जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट मृत्यु भएको हो ।

सहचालकले ‘ब्याक’ गर्नेक्रममा पछाडि रहेकी वृद्धालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

गीतानगरस्थित इलाका प्रहरी कार्यालयकाअनुसार माइक्रोबससहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक वृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । रासस