Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


धनगढीका थारु समुदायले मनाए गुरही पर्व


0
Shares

वर्षात्मा गाउँघरमा दुःख नहोस् र बालबालिकालाई रोगव्याधी नलागोस् भन्ने कामनासाथ यो पर्व मनाउने चलन छ ।

प्रत्येक घरबाट केटीले पुराना कपडाको पुत्ला बनाइ दिनभरि झुलाउने तथा केटाले कुशको चप्काले पुत्लालाई पिटेपछि रोगव्याधी समाप्त हुने जनविश्वास थारु समुदयामा रहेको छ ।

साँझ बहिरा केटीले लगेका मकै, केराउ, चना, धानको भुजा तथा खुर्मा रोटी खाइ गुरही अस्ताउने चलन रहेको स्थानीय इन्दिरा चौधरीले बताइन् ।