Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


भोटेकोसी नदी किनारका करिब १०० घर जोखिममा, मन्त्री निरीक्षणमा (भिडियो)


0
Shares

नदीको सतह बढ्न नदिन लगाइएको बाँधमाथिसम्म पानीको सतह पुगेपछि नदी आसपासका बस्ती र सडक जोखिममा परेका हुन् ।

शुक्रबार नदी कटान क्षेत्रको निरीक्षणका लागि पुगेका सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले नदी कटान रोकथाम तथा वैकल्पिक व्यवस्थाका लागि सरकारबाट ३० करोड रुपैयाँ निकासा भएपनि ठेकेदारहरुले समयमै काम नगर्दा सर्वसाधारणले जोखिम मोल्नुपरेको बताए ।

यसै साता सन्चारमन्त्री बनेका बस्नेतले त्यसक्रममा गृहजिल्लाका अरु समस्याबारे पनि सर्वसाधारणसँग छलफल गर्दै जनताका समस्यालाई छिटो–छरितो ढंगबाट समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री बस्नेतलाई गृहजिल्लामा भव्य स्वागत् गरिएको थियो । राम्चेबजारदेखि खुर्सानीबारीसम्म स्वागत् गर्नेहरुको भीड लागेको थियो ।

भिडियो हेर्नुहोस्

Skip This