११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


जनकपुर अस्पतालका कर्मचारी : जागिर सरकारी, काम निजीमा


0
Shares

अस्पतालको जागिरबाट तलब भत्ता पाउने र आफ्नो निजी प्याथोलोजी सञ्चालन गरी त्यहाँबाट अस्पतालकै बिरामी ल्याएर चेकजाँच गरी थप रकम कमाउने काम कर्मचारीले गर्दै आएका हुन् ।

अञ्चल अस्पतालका प्याथोलोजी विभागका प्रमुख मेडिकल ल्याव टेक्नोलोजिस्ट अरुणकुमार मल्लिक, रामविनय साह, रामसुफल यादव, राम उदगार यादव र युगल यादवले निजी प्याथोलोजीमा काम गर्ने गरेका हुन् ।

अञ्चल अस्पतालमा प्याथोलोजिस्ट, मेडिकल टेक्नोलोजिस्ट, ल्याव निरीक्षक, ल्याव टेक्निसियन, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी गरी १५ जना कर्मचारी कार्यरत छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट