Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जिर्ण बन्यो विद्यालय भवन, विद्यार्थीहरु त्रसित


0
Shares

-कल्पना बोहरा (ईमेज)

चौरपाटी गाँउपालिका–५ लुग्रामा रहेको देवकन्या प्राथमिक विद्यालय जिर्ण भएर भत्कने अवस्थामा रहेकाले पानी परेका दिन विद्यार्थीहरु त्रासका बीच कक्षाकोठामा अध्ययन गर्न वाध्य भएका हुन् ।

वि.स.२०३९ सालमा स्थापना भएको उक्त विद्यालयको ६ कोठे भवन २०५२ सालमा निर्माण गरिएको विद्यालयका प्रधानानध्यापक दान वहादुर खड्काले बताए ।

पथ्थरले छाएको २ तले ६ कोठाको उक्त भवनमा पानी परेको दिन चुहिने भएकाले पठनपाठनमा अवरोध हुनुका साथै अफिसका काम कार्वाहीमा पनी अवरोध हुँदै आएको प्रधानाध्यापक खड्काले गुनासो गरेका छन ।

विद्यालय भवन चुहिन थालेपछी गत वर्ष ३ हजार ५ सयको प्लाष्टिक हालेको र यो वर्ष २ हजार ५ सयको प्लाष्टिक किनेर हालेको वताए ।

कक्षा ५ सम्म अध्यन गराउँदै आएको उक्त विद्यालयमा १ सय ३६ जना विद्यार्थी अध्यनरत छन ।

सो विद्यालयमा २०६९ सालमा जिल्ला शिक्षा कार्यालय वाट २ कोठे भवन निर्माण गरिए पनी अझै ५ कोठा भएको भवन अति आवश्यक रहेको प्रधानाध्यापक खड्काको भनाइ छ ।

प्रधानाध्यापक खड्काले आफुले पटक पटक विद्यालय व्यवस्थापन समितिको वैठक र अविभावक भेला गरी जिल्ला शिक्षा कार्यालयमा भवनका लागी निवेदन दर्ता गराउनुका साथै जिल्ला शिक्षा अधिकारी झंकर विष्टलाई दुई पटक प्रत्यक्ष भेटेर यो विषयमा कुरा गरेपनी कुनै सुनुवाई नभएको गुनासो गरेका छन ।

आफ्नो विद्यालयलाई भवन आवश्यक भएपनी गत आव ३०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयले सौचालयका लागी वजेट दिएको प्रधानाध्यापको भनाई छ ।

यता जिल्ला शिक्षा अधिकारी झंकर विष्टले आफुलाई त्यसको वारेमा जानकारी नभएको र भवन वितरण गर्दा जहाँ अति आवश्यक छ सोही ठाँउमा दिइएको बताएका छन् ।

आवश्यक प्रकृया पुरा गरी स्रोतकेन्द्रवाट निर्णय गराई आएमा विद्यालय भवन दिन सकिने जिल्ला शिक्षा अधिकारी विष्टले बताए ।