-बिक्रम सुनार/ईमेज
लोकमार्गअन्तर्गत बाग्लुङ बुत्र्तिवाङ सडकखण्डअन्र्तगत सदरमुकाम नजिकै बाग्लुङ नगरपालिका–३ बाझाखेतमा सडक विस्तार गर्ने क्रममा जमिन खोस्रिँदा पक्की सामुदायिक भवन पहिरोले पूर्णरुपमा क्षति बनाएको हो ।
सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो गएको स्थानीयले बताएका छन् । नेपाल रेडक्रस सोसाईटीको मुलपानी उपशाखा र बाझाखेत बालविकास केन्द्र संचालन हुँदै आएको सामुदायिक भवन पहिरोले भासिएको हो ।
पहिरो जाने थालेपछि यस क्षेत्रका १० घर समेत उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
सडकको भित्तापट्टी स्काभेटरले खनेर छाडेपछि पहिरो गएको र तत्काल रोकथाम नभए गाउँनै खतरामा पर्ने संभावना देखिएको छ ।
भवन भासिएको र पहिरोको जोखिम हुँदाहुँदै ठेकेदारले खन्दा समस्या आएको स्थानीय बताउंछन् ।
तत्कालिन समयमा एडिबिले सो स्थानमा पक्कि भवन निमार्ण गरेको थियो । रेडक्रस र बाल शिक्षा रहेको भवन तलबाट खन्दा जोखिममा परेको हो ।
पहिरोले घर र जमिन थप क्षति हुन नदिन तत्काल सडकमा जाली र रोकथामको उपाय अपनाउनुपर्ने स्थानीय बताउँछन् ।
पहिरो रोकथाम नभए ठुलो क्षती भोग्नुपर्ने स्थानीयको भनाइ छ । सडक विस्तारको क्रममा पहिरो गएकाले क्षती पुगेको मध्यपहाडि लोकमार्गका इन्जिनियर पानसजी शाहीले जानकारी दिए ।
काम गर्ने मजदुर घर गएका कारण त्यस स्थानमा काम हुन नसकेको भएपनि केही दिनमा थालनी गरिने शाहीले बताए ।
भवन पुर्ण क्षती र घरपरिवार जोखिममा रहेको बिषयमा तत्काल आवश्यक पहल गरिने र आवश्यक क्षतिपूर्ति दिने गरि काम अघि बढाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
बर्षादको समयमा समेत मध्यपहाडि लोकमार्गको काम भने जारी राखिएको छ । सडक खन्ने कार्यले पानी पर्ना साथ हिलाम्मे हुँदा यात्रा गर्न समेत थप कष्टकर बनेको छ ।
सदरमुकामदेखि गल्कोट, खरर्वाङ बुत्र्तिवाङ लगायतका बिभिन्न स्थानमा दैनिक सयौं सवारीसाधन सो सडक हुदै आवतजावत गर्दै आएका छन ।










प्रतिक्रिया दिनुहोस्