रसुवागढी नाकामा हुनसक्ने गैरकानुनी क्रियाकलाप, भन्सार, क्वारेन्टाइन तथा अध्यागमनलगायतका विषयमा छलफल भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
सीमानाकाबाट हुनसक्ने मानव बेचबिखन, लागुपदार्थ ओसार–पसार, वन्यजन्तुका अंगहरुको निकासी, जडिबुटी तथा अवैध सुनलगायतका सामग्रीहरुको गैरकानुनीरुपमा ओसार–पसार रोक्न दुबैतर्फको गस्ती बढाउने सहमति बैठकमा भएको जनाइएको छ ।
छलफलमा नेपाली भूमिमा हुनसक्ने चीनविरोधी गतिविधिका सम्बन्धमा चिनियाँ पक्षबाट चासो व्यक्त भएको थियो ।
नेपाली भूमिमा चीनविरुद्ध कुनैपनि गतिविधि हुन नदिन सूचना संकलनलाई बढी प्रभावकारी बनाइ आवश्यक सुरक्षा सतर्कता बढाउने प्रतिबद्धता नेपाली पक्षबाट व्यक्त गरिएको जनाइएको छ ।
निकासी वृद्धि गर्न सागसब्जी, मासुजन्य पदार्थ, बोडी, सिमी, आलुलगायतका कृषिजन्य पदार्थ नेपालबाट जारी गरिने ‘फाइटोस्यानिटरी’ प्रमाणपत्रका आधारमा चीनतर्फ सहजरुपमा निकासी अनुमति दिन प्रमुख जिल्ला अधिकारी न्यौपानेले अनुरोध गरेका थिए ।
चिनियाँ पक्षले नेपालबाट निकासी गर्नसकिने वस्तुको ‘लिस्ट’ उपलब्ध गराउन र गुणस्तर परीक्षण गर्न टोली पठाउने जानकारी गराउँदै केन्द्रीयस्तरबाटसमेत यस सम्बन्धमा पहल हुने बताएको जनाइएको छ ।











प्रतिक्रिया दिनुहोस्