११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


श्रीमतीको माग गर्दै पाँच दिनदेखि ससुरालीमा अनशन, ससुरालीमै मर्न तयार


0
Shares

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर उत्नीसँग विछोड गराएको भन्दै उनी पाँच दिनदेखि पानीमात्र पिएर ससुरालीको घरछेउको खेतमा अनशनमा बसेका हुन् ।

उनको स्वास्थ्य अवस्था समेत कमजोर बन्दै गएको छ । सासुससुराले पत्नी दर्लामीलाई लुकाएको र आफूविरुद्ध मुद्दा दर्ता गराएको उनको आरोप छ ।

दैलेख नारायण नगरपालिका ६ घर भएका सार्कीले २०७३ असोजमा अन्तरजातीय विवाह गरेका थिए ।

उनी आफूमाथि अन्याय भएको भन्दै ससुरालीमा साउन ८ गतेदेखि भोकभोकै अनशनमा छन् । पत्नीलाई भड्काएर आफूबाट टाढा बनाएको र आफूमाथि झुटो मुद्दा लगाएर फसाउन खोजेको उनको भनाइ छ ।

‘हामी दुई छुट्टिन चाँहदैनौं’, उनले भने, ‘सासुससुराले माइतीघरबाट सँगै दैलेख पठाउने बहानामा बीचबाटोबाट भगाए ।’

सार्कीको ससुराली बैजनाथ–३ नौवस्ता मसुरीखेत बाँकेमा रहेको छ । पत्नी रत्नाका लागि आफू भोकभोकै मर्न तयार रहेको उनले बताए ।

सासुससुराले पत्नीलाई आफूसामु नल्याउँदासम्म अनशन जारी रहने र मर्न परे पनि ससुराली घरमै मर्ने उनी बताउँछन् । –नागरिक दैनिकबाट