Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सफाचट धनकुटाको पहिरे गाउँ, फोहोर व्यवस्थापनले हराभरा(भिडियो)


0
Shares

-कविराज घिमिरे/ईमेज

अधिकांश मगर समुदायको बसोवास रहेको सो क्षेत्रमा स्थानीयले गरेको फोहोर व्यवस्थापनको कार्य नमूना बनेको हो ।

सफा घर, घर बरीपरी फुलवारी, प्रत्येक घरमा धुँवा रहित चुलोे, माझेका भाँडा सुकाउन वाँसवाट बनाईएको चाँङ, घरबाट टाठा बनाइएको गोठ, शौचालय अनी बस्ती पुग्ने वाटै भरी फोहोर राख्न ढुङ्गा वाट बनाईएका खाडल यो दृष्य हो सागुरी गढी गाँउपालिका वडा नम्वर पाँच स्थित पहिरे गाँउको ।

अधिकाशं मगर सामुदायको बसोवास रहेको सो क्षेत्रमा दुइ बर्ष अघिसम्म जताततै फोहोर र दुर्गन्ध मात्र देखिन्थ्यो ।

पहिरे गाँउमा यतिबेला भने सरसफाईकै कारण धेरै परिवर्तन आएको र जिल्लाकै नमुना गाँउ बन्न सफल भएको सामाजिक परिचालक छत्र याख्खा बताउँछन् ।

केही वर्ष अघि पहिरे नागरिक सचेतना केन्द्र स्थापना भएपछि त्यहाँका महिलाहरु संगठित भइ गाउँ घर सफा सुग्घर राख्न अभियान सुरु गरेका थिए ।

पहिरेका ५७ घर आवद्ध रहेको सचेतना केन्द्रका हरेक सदस्यहरुले प्रत्येक विहान आफ्नो घर आँगन सफा गर्ने वानी वसालेका छन् ।

फोहोर निश्चित ठाउँ फाल्ने र सार्वजनिक स्थलमा हरेक हप्ता सरसफाई अभियान चलाईरहेका छन् ।

पर्डेप नेपाल नामक संस्थाको पुर्ण सरसफाइ अभियान अन्तर्गतको कार्यक्रमले आफुहरुलाई सरसफाइको लागि प्रेरीत गरेको स्थानीय भोजकुमारी बजगाई बताउँछिन् ।

अभियानकै कारण शौचालय, धुँवा रहित चुलो प्रयोग र पानीको ट्याङ्की तथा मुहान सरसफाइ अभियानले समेत निरन्तरता पाएको सरसफाई सहजकर्ता निर्मला बजगाई बताउँछिन् ।

सरसफाईका कारण सुन्दर र सफा मात्र देखिएको छैन ।

स्थानीयको स्वास्थ्यमा सुधार हुनुका साथै निमोनिया टाइफाईट, हैजा झाडापखाला जस्ता रोगको समेत अन्त्य भएको सरसफाईका अभियानता खगेन्द्र थापाको भनाइ छ ।

पहिरेवासीले एक जुट भएर फोहोर ब्यवस्थापनका लागि देखाएको कार्य प्रशंसनीय मात्र छैन उदहारणीय पनि उत्तिकै छ ।

पुर्ण सरसफाईको अभियानमा अघि बढिरहेका अन्य गाँउले पहिरेबाट फोहोर व्यवस्थापनको कार्य सिक्न जरुरी छ ।