सरकारी लगानीको तुलनामा स्थानीयले आफ्नै स्रोत र साधन जुटाएर उच्च प्रविधिबाट निर्माण गरिएको सडक नमूना बनेको हो । समुदायले निर्माण गरेको साविकको बिम–४ खारादेखि १ र २ नम्बर वडामा पर्ने तल्लो गाउँ हँुदै ६ र ७ नम्बर वडामा पर्ने बिम डाँडा गाउँ जोड्ने ५ किलोमिटर ग्रामिण सडक नमूना सडकका रुपमा चिनिएको छ ।
व्यक्तिगत ऋण र घरदैलो चन्दाबाट ५६ लाख रुपैयाँ सहयोग जुटाई बिमबासीले भिरालो पाखो र चट्टानी पहाडी भूगोलमा निर्माण गरेको सडक प्राविधिक मापदण्डअनुसार फराकिलो पनि छ । उपभोक्ता समितिका अनुसार साविकको बिम गाविसको कार्यालयले १३ लाख र जिविसले ३ लाख रुपैयाँ मात्र अनुदान उपलब्ध गराएको मोटरबाटो निर्माणमा ७२ लाख रुपैयाँ खर्च भएको छ ।
वैदेशिक रोजगारीमा गएका स्थानीयले पनि सडक निर्माणमा ठूलो सहयोग गरेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्