
मुलुकका विभिन्न क्षेत्रमा रहेका पेट्रोलियम खानीहरुमा पुनः अन्वेषण गरी त्यसमा स्वदेशी लगानीसँगै विदेशी लगानीकर्ता पनि भित्र्याउने सरकारको तयारी छ । सरकारले केही वर्षभित्रै पेट्रोल उत्खनन गर्ने योजनासहित अन्वेषण अघि बढाउने भएको हो ।
अन्वेषण अघि बढाउनका लागि सरकारले पेट्रोलियम खानी उत्खनन नियमावली संशोधन गरेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले अन्वेषणका लागि ठूला कम्पनी भित्र्याउन आवश्यक रहेको र त्यसका लागि राजनीतिक वातावरण अनुकुल हुनुपर्ने बताएका छन् ।
विभागले मुलुकका विभिन्न १० वटा पेट्रोलियम ब्लकमा ठूला विदेशी भित्र्याउन टेण्डर आह्वानको तयारी गरेको जानकारी उनले दिए । –कारोबार दैनिकबाट
प्रतिक्रिया दिनुहोस्