Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ओझेलमा पर्‍यो कपिलवस्तु संग्रहालय, यस्तो छ संग्रहालयभित्र (भिडियो)


0
Shares

-बासुदेव वर्मा/ईमेज

पाँच दशकअघि स्थापना भएको संग्रहालयबारे आन्तरिक तथा वाह्य पर्यटकलाई जानकारी नहुँदा ओझेल परेको हो ।

संरक्षण र प्रचारप्रसारको अभावमा कपिलवस्तु संग्रहालय ओझेलमा परेको हो ।

‘एसियाका तारा’ भगवान गौतम बुद्धले २९ वर्ष बिताएको तिलौराकोट आउने पर्यटकमध्ये यो संग्रहालय अवलोकन गर्न न्यून मात्रा पुग्ने गरेका छन् ।

अधिकांश विदेशी पर्यटक भारत हुँदै रुपन्देहीको बेलहिया नाकाबाट लुम्बिनी हुँदै तिलौराकोट पुग्ने गरेका छन् ।

संग्रहालयको प्रचारप्रसार हुन नसक्दा पनि धेरै पर्यटक पुग्न नसकेको संग्रहालयका सूचना अधिकृत शंकर धितालले बताए ।

प्रचारप्रसारको अभावकै बीच पनि गत आर्थिक वर्षमा संग्रहालयको अवलोकन गर्न पुग्ने पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा केही वृद्धि भएको उनले जानकारी दिए ।

संग्रहालयको पुरानो भवन जीर्ण भएपछि अहिले नयाँ भवन निर्माण भइरहेको छ । यो भवन ६ महिनाभित्र तयार हुने बताइएको छ ।

संग्रहालयमा रहेका भगवान गौतम बुद्ध र उनका पिता राजा शुद्धोधनसँग सम्बन्धित प्राचीन वस्तु राख्ने र्‍याक पुराना भइसकेका छन् । कतिपय र्‍याकमा छ धमिरा नै लाग्न थालेको छ ।

सात बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा ईसा पूर्व छैठौं र आठौं शताब्दीका मौर्यकालीन, तेस्रो शताब्दीको सुङ्घकालीन, कुसाङकालीन सयमका माटाका भाँडा, चाँदीका सिक्कालगायतका विभिन्न महत्वपूर्ण सामग्री राखिएका छन् ।

प्राचिनकालीन वस्तुको उचित संरक्षण र प्रचार-प्रसार भएमा कपिलवस्तुको वास्तविकता विश्वभर फैलाउनसमेत सहयोग पुग्ने निश्चित छ ।