प्रहरीले सशस्त्र प्रहरीका सईसहित तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।
विमानस्थलमा खटिएको प्रहरी टोलीले सोमबार सशस्त्रका सई सञ्जीव मानन्धरसहितलाई पक्राउ गरेको छ । मानन्धर विमानस्थलमै कार्यरत थिए ।
मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । उनीसँगै आएकी कास्कीकी पार्वती गुरुङसमेत पक्राउ परेकी छन् ।
पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको विमानस्थल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले बताए । –नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्