Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


शहीद भीमदत्त पन्तको ६५ औं स्मृति दिवस मनाईंदै


0
Shares

किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते हत्या भएको थियो ।

‘जसको जोत उसको पोत’को नारा अघि सारी आन्दोलनको नेतृत्व गरेका पन्तले किसानको पक्षमा संघर्ष गरेका थिए ।

उनको सम्झनामा आज शहिद भीमदत्त स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ । पन्तको जन्मथलो डडेल्धुरामा पनि आज स्मृति दिवस मनाइएको छ ।

सामान्य घरपरिवारमा जन्मिएका पन्त राणा शासन र सामन्तहरुको अत्याचारको विरोधमा सक्रिय भएका थिए । पन्तलाई तत्कालिन सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।