Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अरुका समस्याकाबारेमा लेख्ने पत्रकारले आफ्नै विषयमा नबोल्नु बिडम्बना : सन्चारमन्त्री


0
Shares

नेपाल पत्रकार महासंघले मन्त्री बस्नेतलाई बधाइ तथा शुभकामना दिन मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले अरुका समस्याकाबारेमा लेख्ने पत्रकारले आफ्नै विषयमा नबोल्नु बिडम्बना भएको बताए ।

न्यूनतम् पारिश्रमिकसमेत नपाउने पत्रकारले केही गर्न नसक्ने भन्दै उनले आफ्नो कार्यकालमा श्रमजीवी पत्रकारका मुद्दा कार्यान्वयन गर्न प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रमजीवी पत्रकारमाथि अन्याय भएको आफूले महसुस गरेको उनको भनाइ थियो ।

मन्त्री बस्नेतले आफ्नो अधिकार संरक्षण गर्न सशक्तरुपमा प्रस्तुत् हुन सन्चारकर्मीहरुलाई सुझाव दिए । उनले श्रमजिवी पत्रकारहरुका मुद्दालाई उचित ढंगले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले अहिलेपनि पत्रकारले न्यूनतम् पारिश्रमिक र समयमा ज्याला पाउन नसकेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।

कतिपय सन्चारगृहमा बिनानियुक्ति पत्रकारलाई काममा लगाउने गरिएको भन्दै उनले श्रमशोषणको अन्त्य हुनुपर्ने बताए ।

उनले सरकारको निर्णय नमान्ने छुट कसैलाई नहुने भएकाले सरकारले अनुगमन गरेर निर्देशन पालना नगर्नेहरुलाई कारबाही गर्न माग गरे ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललगायतले श्रमवीवी पत्रकारको पक्षमा प्रभावकारी काम गर्न मन्त्री बस्नेतलाई सुझाव दिएका थिए ।