Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


विश्वविद्यालय सीमित क्षेत्रमा खुम्चन हुँदैन : रक्षामन्त्री


0
Shares

जनप्रशासन क्याम्पसको ४१औं वार्षिकोत्सव कार्यक्रमलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री प्रधानले प्राज्ञिक थलोकोरुपमा रहेको विश्वविद्यालय सीमित क्षेत्रमा खुम्चन नहुने बताए ।

उनले दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, त्रिभुवन विश्वविद्यालय र वीर अस्पतालजस्ता सरकारी सेवा प्रदान गर्ने निकायलाई प्रभावकारी र गुणस्तरीय बनाउन आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शैक्षिक गुणस्तरमा ध्यान दिँदै जिम्मेवार भएर काम गर्न पनि उनले प्राध्यापकहरुलाई आग्रह गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले विश्वविद्यालयको संरचनामा सुधार जरुरी रहेको बताए ।

उनले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलोकोरुपमा नभइ दक्ष जनशक्ति उत्पादन गर्ने थलो भएकाले आफूले गुणस्तरीयतामा जोड दिएको बताए ।

कार्यक्रममा प्राज्ञिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राध्यापकहरुलाई सम्मान गरिएको थियो ।