तर, विडम्बना स्मार्ट सिटीको गफ दिनेहरु नै यस विषयमा अनभिज्ञ छन् ।
स्मार्ट सिटी भनेको सेवा–सुविधाले परिपूर्ण चुस्त सूचना–प्रविधिमय सहर हो । सूचना तथा सन्चार प्रविधिहरुको अधिकतम् उपयोग गरेर जनतालाई स्फूर्त बनाइ नयाँ सहर विकास गर्नका लागि स्मार्ट सिटीको अवधारण आएको हो ।
आर्थिक वर्ष २०७२/०७३ मा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको कार्यकालमा स्मार्ट सिटीको अवधारणा सार्वजनिक गरिएको थियो । तर, स्मार्ट सिटीबारे अझैसम्म अध्ययनसमेत भइसकेको छैन ।
स्मार्ट सिटीका लागि के–कस्ता पूर्वाधारहरु चाहिन्छ भन्ने पनि कसैले भेउ पाउन सकेका छैनन् ।
अहिलेसम्म स्मार्ट सिटी निर्माणबारे परामर्शदाताहरुको सुझाव पनि नआएको अवस्थामा वडासदस्यदेखि प्रधानमन्त्रीको तहसम्म स्र्माट सिटीको चर्चा व्यापक हुने गरेको छ ।
नेता साना हुन् वा ठूला, स्मार्ट सिटीको भाषण छाट्न पछि पर्दैनन् । नयाँ सहर आयोजनाका कामु निर्देशक पराग कायस्थले स्मार्ट सिटी बन्न सरकार, प्रशासन संयन्त्र, सेवा–सुविधा, सुशासन, चुस्त प्रविधि, आर्थिक सम्पन्नता र सचेत आमजनता हुनुपर्ने बताउँछन् ।
उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुर जोड्ने गरी ४ स्थान र उपत्यकाबाहिर पालुङटार, निजगड, लुम्बिनीलगायत १० स्थानमा स्मार्ट सिटी बनाउने गरी अध्ययन–अनुसन्धान भइरहेको दाबी पनि गरिएको छ ।
अव्यस्थित सहरहरुलाई व्यवस्थित गर्दै तिनीहरुलाई विकसित सहर बनाउने लक्ष्यका साथ अध्ययन–अनुसन्धान भइरहेको उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भाइकाजी तिवारीले बताए ।
भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्