३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अफगानिस्तानको मस्जिदमा आत्मघाती बम बिस्फोट, २९ जनाको मृत्यु


0
Shares

अफगानिस्तानको हेरातस्थित मस्जिदको प्रवेश द्वारमा पुगेर दुई जनाले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।

मस्जिदमा प्रार्थना चलिरहेका बेला प्रवेश गरेका एक जनाले अन्धाधुन्ध गोली प्रहार गरेको र अर्का एक जनाले आत्मघाती बिस्फोट गराएको अफगानी अधिकारीहरुले बताएका छन् ।

शिया समुदायको बाहुल्यता रहेको हेरातमा उनीहरुलाई नै लक्षित गरिएको बताइएको छ । घटनामा ६४ जना घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।(एजेन्सी)