Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सात प्रदेशको प्रादेशिक संरचना मान्य हुनेछैन: जनजाती महासंघ


0
Shares

महासंघले आज राजधानीमा पत्रकार सम्मेलन गरी एकल जातीको मात्र वर्चस्व कायम हुने गरी निर्माण गरिएको प्रादेशिक संरचना मान्य नहुने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष जगतबहादुर बरामले गाउँपालिका र नगरपालिकाको नामांकनमा समेत आदिवासीको पहिचानलाई निस्तेज पार्न खोजिएको आरोप लगाए ।

महासंघले राज्यका हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गरिनुका साथै स्वायत्त र संरक्षित क्षेत्रको ग्यारेण्टी हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।