११ जेष्ठ २०८२, आइतबार | Mon May 26 2025


कतार जाने नेपालीको संख्या घट्यो


0
Shares

नेपालका लागि मलेसियापछिको दोस्रो ठूलो रोजगार गन्तव्यका रुपमा रहेको कतारमा गहिँरिदै गएको संकटको प्रत्यक्ष असर नेपाली कामदारमा परेको छ ।

सामान्यतया जेठ÷असारमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या कम हुने गर्छ । आर्थिक वर्ष २०७२/०७३ मा १ लाख २९ हजार ३८ नेपाली रोजगारीका लागि कतार गएका थिए । गत आव २०७३/०७४ मा झण्डै एक लाखले बढेर २ लाख ११ हजार ७ सय ८४ पुगेको थियो ।

तर, चालू आवको पछिल्लो तीन महिनामा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा कतार जाने नेपालीको संख्या घटेको छ ।

विभागका अनुसार ०७३ को वैशाख, जेठ र असार महिनामा संस्थागत अन्तिम श्रम स्वीकृति लिइ क्रमशः ११ हजार ७९, १० हजार ५ सय ६५ र ७ हजार ८ सय ६६ नेपाली कतार गएका थिए । तर आव ०७४/०७५ को सोही महिनाहरुमा सो संख्या घटेर ९ हजार ५ सय ३५, ८ हजार ८ सय ६४ र ५ हजार ५ सय १५ भएको छ । –नयाँ पत्रिका दैनिकबाट