Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पोखरामा तरुण दलको प्रदर्शन


0
Shares

पोखरा, माघ ११ । सरकारका पछिल्ला कामविरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गन्डकी प्रदेशले शुक्रबार पोखरामा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले जनताको ढाड सेक्ने गरी महँगी बढेको, बलात्कारी र भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको, डा. गोविन्द केसीको अनशनको बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै चर्को नाराबाजीसमेत गरेका थिए ।

चिप्लेढुंगाबाट सुरु भएको विरोधर्‍याली बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट सरकार नागरिकका हक–अधिकारप्रति जिम्मेवार नभएको आरोप लगाए ।

तरुण दलको प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्था केहीबेर अस्तव्यस्त भएको थियो ।