Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


राजधानीको सिनामंगलमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु


0
Shares

बा३ख ८८५४ नम्बरको ट्याङकरको ठक्करबाट हेटौडा ४ घर भएकी ३८ बर्षीया मिरा भुजेलको मृत्यु भएको हो । सडक पार गर्दै गरेकी भुजेललाई एयरपोर्टस्थित आयल निगमभित्र प्रवेश गर्ने क्रममा रहेको तेल बोकेको ट्याङकरले ठक्कर दिएको थियो ।

गम्भिर घाईते भएकी भुजेलको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो ।

बिहान साढे ९ बजे भएको सवारी दुर्घटनामा संलग्न ट्याङकर चालकलाई महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको छ ।