Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


तेह्रथुमका एक दर्जन बढी घर जोखिममा, दर्जन बढी परिवार विस्थापित


0
Shares

घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका दर्जन बढी परिवार विस्थापित भएका छन् ।

पहिरोले घर बगाउने, पुर्ने जोखिम भएपछि घर छाडेर छिमेकीकोमा बसिरहेको सुर्केबजारका रामप्रसाद गौतमले बताए ।

बुधबार रातिको वर्षापछि जिल्लाका मोराहाङ, श्रीजुङ, आम्बुङ, आङिदमलगायत गाउँका विभिन्न ठाउँमा पहिरोले स्थानीयलाई त्रसित बनाएको छ ।

म्याङलुङ–बसन्तपुर सडकखन्डको टुक्रे, जिरीखिम्ती, सुर्के, लसुने क्षेत्रका दर्जनौं ठाउँमा पहिरो खसेर सडक हिलाम्मे बनेको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले पहिरोबाट जोखिममा परेका गाउँका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।

समितिकाअनुसार खाम्लालुङ, ह्वाकु, ईवा, आङ्दिमसहित जिल्लाभरका १५ बढी बस्तीहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।