Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


‘सेफ्टी पिन अप्रेशन’मा पाकेटमार पक्राउ


0
Shares

सार्वजनिक यातायातमा ‘सेफ्टी पिन अप्रेसन’ गरिरहेको प्रहरीले टोलीले जडीबुटी बस्दै आएका काभ्रेको सिचाउने–५ का २४ वर्षीय गणेश लामालाई पक्राउ गरेको हो । लामाले गुडिरहेको बसमा यात्रुबाट नगद चोरेको अभियोग लागेको छ ।

नयाँ बसपार्कबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको बा२ख ५९८० नम्बरको बसमा सामाखुसी बस्ने बैतडी विजयपुर–४ का २७ वर्षीय शेरबहादर महराको पाइन्टको गोजीबाट सिनामंगल ओरालोनजिक ५० हजार रुपैयाँ पाँच जनाको समूहमा आएका पाकेटमारले झिकेको सूचना पाउनासाथ महिला हिंसाविरुद्ध सोही बसमा परिचालित प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट