१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


कुलेखानी जलाशयमा भरिएन पानी, हिउँदमा लोडसेडिङको सम्भावना


0
Shares

गत वर्ष साउन तेस्रो साता १५१४ मिटर पुगेको पानी अहिले सोही अवधिमा १५०७ मिटरमात्र छ । पोहोरभन्दा अहिले कुलेखानी जलाशयमा सात मिटर पानी कम छ ।

अत्यावश्यक समयमा बिजुली निकाल्न कुलेखानीको पानी प्रयोग गरिन्छ । तर, जलाशयमा पानी कम भएका कारण नेपाल विद्युत प्राधिकरणले कुलेखानी आयोजना सञ्चालन गरेको छैन ।

कुलेखानीमा पानी नभरिने हो भने आगामी हिउँदमा लोडसेडिङ व्यवस्थापन गर्न कठिन हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । –नागरिक दैनिकबाट