Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नेपालकै प्रमुख मन्दिर मानिएको बडिमालिकामा दर्शनार्थी जान शुरु


0
Shares

सदुरपश्चिमकै प्रमूख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिने बडिमालिकामा जनैपुर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । यो बर्ष साउन २२ गते मेला लाग्ने भए पनि दर्शनार्थीहरु साउन १९ गतेदेखि नै सो क्षेत्रमा जान थालेका हुन् ।

बडिमालिका मन्दिरमा अछाम, बाजुरा, बझाङ र कालिकोट लगायतका जिल्लासहित स्वदेश र विदेशबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

बडिमालिका माईको दर्शन गर्नाले मनले चिताएको कुरा पुरा हुने विश्वास रहेकाले देश बाहिरबाट समेत दर्शनार्थी आउने गरेका छन् । बडिमालिका माईको दर्शन गरेर एक दिन त्रिवेणीमा बास बस्ने प्रचलन छ । धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्रसतहबाट ४ हजार मिटरभन्दा बढी उचाईमा छ ।

बडिमालिकाको पुजाआजा गरेपछि आफ्नो मनोकामना पुरा हुने जनविश्वास पाइन्छ ।

त्यस्तै बडिमालिका क्षेत्रको अर्को धार्मिक पर्यटकीय स्थल बुढीनन्दामा समेत ठूलो संख्यामा दर्शनार्थी जाने गरेका छन् । बुढीनन्दामा पनि जनै पुर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।