Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


९ सय ८५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट


0
Shares

जिल्ला प्रहरी कार्यालयले निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा गरी ९ सय ८५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती फडानी गरेको हो ।

निसीखोला गाउँपालिका–६ सिपरमा ३ सय रोपनी, चेल्महर, सर्पडाँडा, बेसीखोला, धनासिंह डाँडामा गरी ३ सय ६० रोपनीमा गरिएको गाँजा खेती नष्ट गरिएको बाग्लुङ प्रहरीले जनाएको छ ।

त्यसैगरी बडिगाड गाउँपालिकाअन्तर्गत म्याग्दीसँग जोडिएको राना बगर खोलाखर्क, चापर्ड लगायतका क्षेत्रमा १ सय २० रोपनी जग्गामा किसानले लगाएको गाँजाखेती पनि नष्ट गरिएको प्रहरीले जनाएको छ ।