निसीखोला गाउँपालिकाको देवीस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पहिरोले पुर्दा तीनजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।
मृत्यु हुनेमा ६७ वर्षीय मनिराज छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली र २२ वर्षीया बुहारी विन्दु छन्त्याल छन् । मनिराजकी छोरी गीता भने पहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
यसैगरी, ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश बिकको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले बिकसहित पाँचजनालाई पुरेको थियो ।
बिकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरेको स्थानीयले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्