Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


नवलपरासीमा भेलले बगाउँदा दुईजना बेपत्ता


0
Shares

स्थानीय झरही नहरमा आएको भेलले बगाउँदा १२ वर्षीय किशन गुप्ता र ६० वर्षीय वृजलाल गुप्ता बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घरनजिकै रहेको नहरछेउमा खेल्दै गरेका बालकलाई भेलले बगाएपछि बचाउन पुगेका वृजलाल पनि बेपत्ता भएका हुन् ।

दुवैजनाको सुरक्षाकर्मी र स्थानीयवासीले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।