काठमाडौं । चिकित्सा शिक्षा विधेयकको विरोधमा संसद भवन नयाँबानेश्वर अगाडि प्रदर्शन भएको छ ।
प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
विधेयकको विरोध गर्दै विवेकशील नेपाली दललगायत डा.केसीको समर्थनमा रहेका नागरिक समाजका व्यक्ति सडकमा उत्रिएका थिए ।
प्रदर्शनका क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ ।
निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो ।
त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ ।









प्रतिक्रिया दिनुहोस्