Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सन्चारमन्त्रीद्वारा ३१ बुँदे कार्ययोजना सार्वजनिक


0
Shares

शुक्रबार सन्चार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले सन्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै ३१ बुँदे कार्यक्रम अघि सारेका हुन् ।

लामो समय पत्रकारिता गरेका ज्येष्ठ पत्रकारहरुलाई मासिकरुपमा वृत्ति (भत्ता) उपलब्ध गराउने तथा पत्रकार वृत्ति विकास कोष स्थापनाको कार्यविधि यही वर्ष तयार गर्ने कार्यक्रममा उल्लेख छ ।

सन्चारकर्मीहरुले प्रयोग गर्ने एडीएसएल महसुलमा ६० प्रतिशत छुट दिने व्यवस्था पनि कार्ययोजनाम समावेश छ ।

सन्चार मन्त्रालयको परिसर, पद्यकन्या क्याम्पस र सिनामंगलस्थित सन्चारग्राममा फ्री वाइफाइको व्यवस्था गर्ने पनि कार्यक्रममा उल्लेख छ ।

यस्तै, काठमाडौं उपत्यकाबाहेक भूकम्पप्रभावित ११ जिल्लामा पनि निःशुल्क इन्टरनेट सुविधा दिने मन्त्री बस्नेतको कार्ययोजना रहेको छ ।

यस्तै, स्नातक तहमा पत्रकारिता अध्ययन गर्ने छात्र–छात्राहरुमा महिला, दलित सीमान्तकृत वर्गबाट एक÷एकजनालाई छात्रवृत्ति प्रदान गरिने कार्ययोजनामा छ ।