Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


११ एआइजीसहित १८१ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान


0
Shares

प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा महानिरीक्षक अर्यालले ११ जना प्रहरी अतिरिक्त महानिरीक्षक, १४ जना प्रहरी नायब महानिरीक्षक, २४ जना प्रहरी वरिष्ठ उपरीक्षक, एकजना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक, ३४ जना प्रहरी उपरीक्षकसहित १८१ जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

साथै, प्रहरी महानिरीक्षक अर्यालले राष्ट्रपतिबाट २०७२ जेठ १५ देखि २०७३ जेठ १५ गतेसम्म गणतन्त्र दिवसका दिन घोषित विभूषणहरुमध्ये अलंकार तथा पदक प्राप्त गर्ने १३ जना प्रहरी अधिकृतहरुलाई सोही समारोहमा पदकबाट सम्मानित गरे ।

डीआइजीबाट एआइजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।