Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


अपराधी निगरानी गर्न अत्याधुनिक प्रविधि ल्याइदैं


0
Shares

भिडियो म्यानेजम्यान्ट सफ्टवेयर(भीएमएस) जडित सीसीटीभीले फरार अभियुक्त तथा अपराधी नियन्त्रणमा सहयोग पुग्ने महानगरीय प्रहरी प्रमुख एआईजी बमबहादुर भण्डारीले बताएका छन् ।

‘यस्तो सफ्टवेयरमा अभियुक्तको फोटो राखिन्छ । यो सफ्टवेयरसँग जोडिएका सीसीटीभीमा ती अभियुक्त देखिए सीसीटीभीले डिटेक्ट गरेर सूचना दिनेछ,’ एआईजी भण्डारीले भने, ‘त्यसपछि अभियुक्त तथा अपराधी पक्राउ गर्न सहयोग हुनेछ ।’

उक्त सफ्टवेयर रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको कमान्ड सेन्टरमा राखिनेछ । -अन्नपूर्णपोष्ट दैनिकबाट