-केशबचन्द्र महरा/ईमेज
दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से १ ज ४९१ नम्बरको जिप राती करिब १० बजेतिर बोगटान गाउँपालिका–६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा एकजना महिला र ८ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
मृतकहरुमध्ये सवार सबै बोगटान गाउँपालिका–१ सिमचौर चपरर्तोलाका हुन् । यद्यपी उनीहरुको सनाखत भने भैसकेको छैन् ।
चालक बिष्णु नेगी शिखर नगरपालिका–१ कपल्लेकी डोटीका स्थायी बासिन्दा हुन् ।
घाईतेहरु चारैजना पुरुष हुन् । उनीहरुको अबस्था नाजुक रहेको नायब प्रहरी उपरिक्षक शिब बहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि दिपायल स्थित सुजंग अस्पताल लगिएको छ ।
दिपायल आइपुग्न ५ घण्टाभन्दा बढी समय लाग्ने भएकाले अझै उनीहरुको अबस्था चिन्ताजनक रहेको उनले बताए ।
जिप सडकबाट करिब चार सय मिटर तल खसेको छ । जीपमा कुल १६ जना सवार थिए । सवारमध्ये ३ जनाको अबस्था सामान्य छ ।
उनीहरुले हामफालेर ज्यान जोगाएको जनाएका छन् । बर्खाको चिप्लो कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्