१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


बाग्लुङका पाँच प्रतिशत बालबालिका कुपोषणको शिकार


0
Shares

बाग्लुङ । बाग्लुङमा कुपोषणका बिरामी देखा पर्न थालेका छन् ।

धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार गराउन आउनेमध्ये ५ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखा परेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सागर राजभण्डारीले बताए ।

अस्पतालमा कुपोषणको उपचार गर्न आइवाइ सिओ संस्थाको सहयोगमा ६ वर्षदेखि निःशुल्क काम भइरहेकाले उपचारमा सहज भएको उनले बताए ।

कुपोषणले बालबालिकाको तौल घट्दै जाने भएकाले बिरामीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको छ । गतवर्ष ६ सय जना कुपोषण भएका बिरामीको उपचार गरिएको थियो ।

बाग्लुङ अस्पतालको तथ्यांकमा ५ प्रतिशत बिरामी देखिए पनि जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांकमा भने जनसंख्याको २.५ प्रतिशत कुपोषणको बिरामी भएको देखिन्छ ।

ओपीडीमा साना नानी भर्ना गरेर उपचार गर्दा यहाँ आउने बिरामीलाई पोषण युक्त खाना निःशुल्क रूपमा सरकारले खुवाउने प्रबन्ध मिलाएको कारणले पनि उपचार गराउन आउनेको संख्या बढेर गएको अस्पतालले जनाएको छ ।