खेतमा घाँस काटेर घर फर्कनेक्रममा गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयअगाडि सडकछेउको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिकाकी १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाकाअनुसार मृत्यु भएका चारैजना एकाघरका हुन् । उनीहरु तीन दाजुभाइका छोरी भएको जनाइएको छ ।
प्रहरी कार्यालयनजिकै भएको घटनामासमेत प्रहरीले उद्धार गर्न ढिलाइ गरेको स्थानीयले आरोप लगाएका छन ।
सडक निर्माण कम्पनीले खनेर छाडेको खाल्डोमा पानी जमेको र त्यही खाल्डोमा बालिकाहरु परेको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्