Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


‘टहराको बसाइँ मृत्युलाई नजिकबाट नियाल्दाकोे पीडाभन्दा बढी’ (भिडियो)


0
Shares

घर निर्माणको लागि पाउनुपर्ने दोस्रो किस्ताको रकम नपाउँदा उनीहरुलाई भुइँचालोको पीडामा थप नूनचुक छर्किएकोजस्तै भएको छ ।

तारकेश्वर नगरपालिका–६ का भूकम्पपीडितहरु टहराको अत्यासलाग्दो बसाइँका कारण जनजीवन नै अस्तव्यस्त भएको बताउँछन् ।

झरीको मौषम, चिसो भुइँमा दिनरात काट्दा केटाकेटीदेखि बूढाबूढी नराम्ररी बिरामी पर्ने गरेका छन् ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि घर निर्माणको लागि पाउनुपर्ने दोस्रो किस्ताको रकम नपाउँदा धर्मस्थलीका भूकम्पीडित अन्योलमा परेका छन् ।

तारकेश्वरमा भूकम्पबाट ५ हजारभन्दा बढी घर क्षति भएकामा ३ हजारजनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ रकम पाएपनि दोस्रो किस्ता पाउनबाट धेरै बन्चित भएका छन् ।

भिडियो हेर्नुहोस्