सुदुरपश्चिमकै प्रशिद्ध धार्मिक तीर्थस्थल मानिएको बाजुरामा रहेको बडिमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा दर्शनका लागि जाने क्रममा शनिबार उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मन्दिरस्थल पुग्न करिब डेढ÷दुई घण्टामात्र बाँकी रहने स्थान बाजुराको त्रिवेणी नगरपालिका–९ लौरी विनायाक भन्ने ठाउँमा उनको शनिबार राति ८ बजेतिर मृत्यु भएको थियो ।
मेल्लेख गाउँपालिकाबाट घटनास्थल दुइ÷तीन दिनको पैदल दुरीमा रहेकाले शव ल्याउनका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकेप्टरबाट ल्याउने तयारी भएको अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।
दोस्रो चरणको स्थानीय निर्वाचनमा मेल्लेख गाउँपालिका वडा नम्वर ५ विन्दवासिनीका लागि कांग्रेसका तर्फबाट निर्वाचि भएका बोहरा समाजसेवामा समेत सक्रिय थिए ।
सशस्त्र प्रहरी बलमा हवल्दार पदमा काम गरिसकेको बोहरा द्वन्द्वकालमा घाईते भएपछि आरामका लागि भन्दै घर पठाइएका थिए । मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन् ।










प्रतिक्रिया दिनुहोस्