ठेकेदार कम्पनीका प्रल्हाद साहलाई प्रक्राउ गरिएको हो । ठेकेदारले बाटो बनाउने क्रममा खनिएको खाल्डो नपुरी छाड्दा बालिकाहरुको डुबेर मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए ।
गत जेठमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो । मृतकहरुको शव पोष्टमार्टम गरेपछि जिम्मा लिएका आफन्तहरुले गरुडा नगरपालिकाको कार्यालय अगाडि बाटोमा शव राखेर सडक अवरुद्ध गरेका थिए ।
प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलको पहलमा भएको वार्तामा पीडित परिवारलाई किरिया खर्च बापत १५–१५ हजार रुपैयाँ दिने र दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सहमति भएपछि बाटो खुलेको छ ।
पीडित परिवारले आजै बालिकाहरुको अन्तिम संस्कार गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्