Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


प्रथम रुपाकोट–मझुवागढी नगर लाखे महोत्सव आयोजना


0
Shares

नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्राको अवसरमा दिक्तेलको माटिकोरे खेल मैदानमा लाखे जात्रा महोत्सव आयोजना गरिएको हो ।

गठेमंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म मनाइने लाखेजात्रा अन्तर्गत मनाइने सांस्कृतिक लाखे नाँचमा नेवार समुदाय दुःख–पीडा भुलेर झुम्ने गर्दछन् ।

महोत्सवमा रुपाकोट मझुवागढी नगरपालिका भित्रका दिक्तेल, खाल्ले, सोल्मा, जालपा, बुईपा, खार्मी, अर्खौलेलगायतका नेवार समुदायले ठाकठुके र रोपाई नाच प्रदर्शन गर्ने गर्दछन् । महोत्सवमा राजधानीबाट झिकाइएका भैरब, कुमारी, मयूर र चरिया नृत्य समेत प्रर्दशनी गरिएको थियो ।