काठमाडौं, माघ १० । सरकारले शुक्रबार जसरी पनि चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने दाबी गरेको छ ।
बिहीबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले विधेयक फिर्ता लिने सम्भावना नरहेको भन्दै सहमति नभए बहुमतका आधारमा पारित गर्ने बताए ।
अधिनायकवाद भने पनि दुईतिहाइको दम्भ भने पनि विधेयक पास हुने उनको भनाइ थियो ।
मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक
पत्रकार सम्मेलनमा गएको माघ ३ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको थियो ।
जसअनुसार गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने र कारखानाको वैकल्पिक व्यवस्थापन गरिनेछ ।
यस्तै, काठमाडौंस्थित विदेशी नियोगलाई नेपालमा जग्गा उपलब्ध गराउने, रक्सौल–अमलेखगन्ज भूमिगत पेट्रोलियम पाइपलाइन बिछ्याउने कार्यका लागि आवश्यक रुख काट्ने अनुमति पनि दिइएको छ ।
त्यस्तै, अफ्रिकन स्वाइन फिवर रोग सार्नसक्ने वस्तुहरुको पैठारीमा प्रतिबन्ध लगाउने, अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंको सेयर खरिद गर्नेलगायतका मन्त्रिपरिषदका १८ ओटा निर्णय सो अवसरमा सार्वजनिक गरिएको थियो ।











प्रतिक्रिया दिनुहोस्