
पोखरामा आइतबार भएको पार्टीको प्रदेश नम्बर ४ स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले स्थानीय चुनावमा डिजाइनकै कारण माओवादी हारेको बताए ।
‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई के लागेको छ भने संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीले ल्याएको हो । यो रहँदासम्म विश्वभरी माओवादी आन्दोलन एउटा भव्यविद्रोह थियो, जसले ऐतिहासिक परिवर्तन ल्यायो भन्ने मान्यता स्थापित भइरहने छ । त्यसकारण ४७ सालको संविधान ल्याउने उनीहरुको इच्छा छ ।’
संविधान उल्टियो भने माओवादी आन्दोलन राजनीतिक आन्दोलन नमानिने र पुनः आतंककारी र हत्याराका रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रवमा स्थापित गराइने खतरा बढेको उनको दाबी थियो । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्