Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


जिसस खोटाङको पहिलो निर्णय– ‘गुणस्तरीय निर्माण एवं जनसेवी प्रशासन’


0
Shares

पदभार ग्रहण लगत्तै बसेको समन्वय समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको नवनिर्वाचित समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

जिल्ला समन्वय समिति खोटाङका नवनिर्वाचित पदाधिकारीले आईतबार पदभार ग्रहण गरेका हुन् ।

एमालेकातर्फबाट समन्वय समितिका प्रमुखमा निर्वाचित बबी चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, सदस्यमा निर्वाचित कमलकुमारी राई, भगवती प्रधान, रञ्जना राई, चर्चबहादुर बिक, अडिराम राई, उदयबहादुर कार्की र रुद्रबहादुर बिष्टले पदभार ग्रहण गरेका थिए ।

जिल्ला समन्वय समितिको पदाधिकारी चयनका लागि साउन २० गते सम्पन्न निर्वाचनमा एमालेका तर्फबाट ६ मत बढी ल्याएर चाम्लिङ संयोजकमा चुनिएका हुन् । समन्वय समितिको निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको थियो ।