Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


नेकपाद्वारा नेता अधिकारीको स्वास्थ्यलाभको कामना


0
Shares

काठमाडौं, माघ १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बिहीबार पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले एक विज्ञप्ति निकाली अधिकारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

गत माघ २ गते मुटु, श्वास–प्रश्वास र छातीको संक्रमण भएपछि उनको उपचार अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा भइरहेको छ ।

अधिकारीको गत बुधबारदेखि सघन उपचारकक्षमा राखेर उपचार भइरहेको छ ।

८२ वर्षीय अधिकारीले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री, तत्कालीन नेकपा एमालेको स्थायी कमिटी सदस्य भएर सरकार र पार्टीका विभिन्न जिम्मेवारी सम्हालेका छन् । रासस